रोजगारीका लागि ‘भिजिट भिसा’मा विदेश नजान परराष्ट्र मन्त्रालयको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।
परराष्ट्र मन्त्रालयले रोजगारीका लागि विदेश जाँदा पर्यटक भिसामा नजान आग्रह गरेको छ । थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दक बनाएको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले शुक्रबार एक ट्राभल एडभाइजरीसहितको सूचना जारी गर्दै समस्यामा परेका नेपालीहरुका लागि सम्पर्क गर्न भन्दै नम्बर समेत सार्वजनिक गरेको छ ।

यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गर्ने भनेको मन्त्रालयले जनाएको छ । नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय गरी उद्धारको प्रयास गरिरहेको बताइएको छ । म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्नसमेत चुनौती छ ।

  • १३ श्रावण २०८०, शनिबार १४:०० प्रकाशित