बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।

केहीदिन अघि पोखरेलले आफ्नै घरमा काम गर्ने युवतीलाई यौन दुर्व्यवहार गरेको दृश्य सामग्री ९भिडियो० बाहिरिएको थियो । पोखरेलले आफ्नै घरमा घरायसी क्षेत्रमा काम गर्ने २३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको भिडिओ बाहिरिएको हो।

पीडित युवती आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक गरेकी थिइन । पीडित युवतीका अनुसार उनी पोखरेलको सिनामंगलस्थित घरमा एक वर्षदेखि घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् ।

  • १२ श्रावण २०८०, शुक्रबार ११:५६ प्रकाशित