हिक्मत कार्कीले आजैबाट कोशी सरकार सम्हाल्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मुख्यमन्त्रीमा पुनर्वहाली भएकाले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै(शुक्रबार)बाट कोशी सरकार सम्हाल्ने भएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा सर्वोच्च अदालतको आदेशअनुसार पुनर्वहाली भएका कार्कीले आजै बिराटनगर गई प्रदेश सरकारको काम थाल्ने बताएका छन् ।

अब साउन १७ गतेसम्मका लागि कार्की कामचलाउ मुख्यमन्त्रीका रूपमा बहाली रहनेछन्।कार्कीको पुनर्वहालीसँगै उनको सरकारका मन्त्रीहरूले पनि शुक्रबारदेखि नै मन्त्रालय सम्हाल्ने भएका छन्।

कार्की नेतृत्वको सरकारका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी,कृषि र पूर्वाधार मन्त्रालय सम्हालेका राष्ट्रिय प्रजातन्त्र पार्टी दलका नेता भक्ति सिटौला र सिँचाइ र स्वास्थ्य मन्त्रालय सम्हालेका लकुमार मेयाङ्बोले मन्त्रालय सम्हाल्न बिराटनगर जाने तयारी गरेको बताइएको छ ।

असार २१ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नियुक्ति नै अवैधानिक बाटोबाट भएको ठहरसहित बदर गरेसँगै कामचलाउ सरकारको जिम्मा कार्कीले पाएका हुन्।

  • १२ श्रावण २०८०, शुक्रबार ०९:०६ प्रकाशित