काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले इन्जिनियरिङ विषयको शुल्क बढाउने भएको छ । इन्जिनियरिङको शुल्क बढाउने प्रकृया अगाडि बढाएको आईओईका डीन प्राडा शसिधर राम जोशीले बताएका छन् ।
हाल आईओईले स्नातक तह अन्तर्गत इन्जिनियरिको शुल्क ३ लाख ३० हजार रुपैयाँ लिँदै आएको छ । अब बढाएर ७ लाख ७० हजार पुर्याउन लागिएको हो । यसका लागि आईओईले सुशिल ब्रर्जाचार्यको संयोकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आईओई अन्तर्गतका ५ वटै आंगिक क्याम्पसमा अध्ययन गरेको थियो । सोही आधारमा शुल्क बढाउन लागेको हो ।