पोखरा ।
नेपाल प्रहरीले ८ हजार ८ सय ९६ थान हतियार नष्ट गरेको छ ।
प्रहरीले बिहिबार ती हतियार नष्ट गरेको जनाएको छ । विभिन्न समय र स्थानबाट कानून बमोजिम जफत भएका प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका–११ का वडाअध्यक्ष लगायतको रोहबरमा ती हतियार नष्ट गरिएको हो ।
काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।













