कोशी प्रदेश सरकार ढल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सो आदेश दिएको हो ।

सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

गत असार २१ गते गठबन्धनको सहयोगमा कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दाबी गरेका थिए । तर बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमको समेत समर्थन रहेपछि उनको नियुक्तिविरुद्ध रिट परेको थियो ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

  • ११ श्रावण २०८०, बिहीबार १५:२३ प्रकाशित