जनकपुरधाम ।
महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् ।
भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
ठूलो विवाद हुने देखिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।














