आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ ।

आज युरो एकको खरिददर १४५ रुपैयाँ ०६ र बिक्रीदर १४५ रुपैयाँ ७३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा थियो ।

यस्तै आज पाउण्ड एकको खरिदखर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा थियो ।

आज डलरको एकको खरिददर १३० रुपैया ९० पैसा र बिक्रीदर १३१ रुपैयाँ ५० पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३० पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ०६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ७७ पैसा र बिक्रीदर २८ रुपैयाँ ९० पैसा रहेको छ ।

  • ११ श्रावण २०८०, बिहीबार ०९:३४ प्रकाशित