कांग्रेस सांसद शर्माको चेतावनी : भने,‘सुन तस्करीका मुख्य अभियुक्तलाई नपक्रे सदनमै अनशन बस्छु’

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ नगरे आफू संसद्‌मै आमरण अनशन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

सांसद शर्माले भरियालाई मात्रै पक्राउ गर्ने हो भने आफु संसदमै आमरन अनसन बस्ने चेतावनी दिएका हुन् । उनले भने, भरिया मात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन बस्ने घोषणा गर्न चाहन्छु’

  • १० श्रावण २०८०, बुधबार १५:५९ प्रकाशित