सुन प्रकरण

अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट बरामद भएको सुनको अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ ।

भन्सार जाँचपास भएर बाहिरिएको सुन बरामद प्रहरणको अनुसन्धानका लागि विभागको अनुरोधपश्चात प्रहरी मुख्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको छ ।

उनी मानव बेचबिखन व्युरोमा कार्यरत् रहेको बताइएको छ । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको कार्गोमा बरामद सुन राष्ट्र बैंकको टक्सार महाशाखामा तौलिँदा १५५ केजी देखिएको थियो ।

  • ८ श्रावण २०८०, सोमबार १५:५६ प्रकाशित