ललिता निवास प्रकरण : थप दुईजना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको बताइएको छ । यो सहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

  • ८ श्रावण २०८०, सोमबार १४:२९ प्रकाशित