पहिरोमा घर पुरिँदा आमा–छोराको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

बैतडी ।

बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् ।

  • ८ श्रावण २०८०, सोमबार १४:२६ प्रकाशित