पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारतीको सरुवा

केन्द्रभाग मिडिया

 पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहसचिव विरेन्द्रदेवी भारतीको सरुवा भएको छ ।

सरकारले भारतीलाई ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । यस्तै ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव गणेश अर्याललको गृह मन्त्रालय अन्तरगत सरुवा भएको छ ।
पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापा आउने भएका छन् ।

केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको हो ।

  • ८ श्रावण २०८०, सोमबार ०९:२८ प्रकाशित