फैलिदैं डेंगु

नेपालमा डेंगु सङ्क्रमितको संख्या ३ हजार नाघ्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।

महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगुको बिरामी पुष्टि भएको जनाएको थियो । तर, गएको दुई साताको अवधिमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिएर ३ हजार नाघेको हो ।

महाशाखाका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १५ सय ७१ जना सङ्क्रमित रहेको महाशाखाको भनाइ छ ।

यस्तै, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, सङ्खुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९ भक्तपुरमा ३५, म्याग्दीमा ३२, झापामा पनि ३२ जना डेंगुका बिरामी रहेका छन् । नेपालमा अझै सङ्क्रमित बढ्ने विज्ञहरूको भनाइ छ ।

  • ७ श्रावण २०८०, आईतवार १५:४९ प्रकाशित