धनुषाको सीमा क्षेत्रमा गोली हानेर महिलाको हत्या

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

शनिवार राति करिब ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार भएको थियो । गोली लागेर घटनास्थलमै ज्यान गएको महिलाको पहिचान खुल्न सकेको छैन ।

धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले घटनास्थल भारतीय भूमि परेकाले मृतक महिलाको शव भारतीय प्रहरीले नै लगेको जानकारी दिएका छन् ।

मृतक महिलाले लगाएको घडीमा भारतीय समय देखिएकाले महिला भारतीय नै हुन भन्ने अनुमान रहको प्रहरीले बताएको छ । नेपालमा ८ बजेको बेला ती महिलाको घडीमा पौने ८ मात्र बजेको प्रहरीको भनाई छ ।

  • ७ श्रावण २०८०, आईतवार ०९:३९ प्रकाशित