पोखरा

पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ पार्किङ निषेध

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

आजदेखि पोखराको मुख्यचोक पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि सवारी साधनलाई पार्किङ गर्न प्रतिबन्ध लगाएको छ ।

लामो तथा छोटो दुरीको सार्वजनिक सवारी सडकको दायाँबायाँ रोकेर राख्दा सडक अस्तव्यस्त बनेको भन्दै जिल्ला सुरक्षा समिति सो निर्णय गरेको हो । समितिको निर्णयलाई आजदेखि पोखरा महानगरपालिकाले कडाइसाथ लागू गरेको छ ।

अब देखि पोखरा महानगरभित्र चल्ने सार्वजनिक सवारी वा लामो दुरीमा छुट्ने सवारी बसपार्क भित्रै गएर बस्नुपर्नेछ भने यात्रु पनि सवारी चढ्न र झर्नका लागि बसपार्क भित्रै जानुपर्नेछ ।

बिहानै देखि सडकमा बाक्लो मात्रामा ट्राफिक प्रहरी उपस्थित भई गाडीलाई बसपार्क भित्र पठाउने र त्यहीबाट यात्रुलाई हाल्न आग्रह गरिरहेको छ । सधै पृथ्वीचोकको सडक छेउमै रोकिराखेको सवारी चढेर आहोरदोहोर गर्ने बानी परेका यात्रु भने आज पहिलो दिन अलमलमा परेका छन् ।

आजदेखि सडक छेउमा जथाभावी सवारी पार्किङ गरेमा नियमानुसार कारवाही गर्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

  • ७ श्रावण २०८०, आईतवार ०९:२० प्रकाशित