ललितानिवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट खारेज, पक्राउ परेकालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

यससँगै १७ जनाको हकमा सर्वोच्च अदालतले ४ साउन २०७९ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज भएको छ ।

हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै १३ असार, २०८० मा ललिता निवास प्रकरणका आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सर्वोच्च अदालत गएका थिए ।

यसैबीच ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

  • ५ श्रावण २०८०, शुक्रबार १६:४१ प्रकाशित