पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

दैलेख ।

पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार डुबेर दुई बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन् । उनीहरुको सिञ्चाईका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

  • ५ श्रावण २०८०, शुक्रबार १६:३६ प्रकाशित