एक क्विन्टल सुन प्रकरण

अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद शर्मा

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार र गृह मन्त्रालय अन्तर्गतको प्रहरी विमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुईमन्त्रीहरुले बाटो खुल्ला गर्नुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै उनले प्रधानमन्त्रीले चालेको कदमलाई सहयोग गर्नुपर्ने उनले बताए ।

त्यस्तै बैठकमा काँग्रेस सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने बताए । उनले नेपाललाई तस्करीको भूमि बनाउने कामलाई सरकारले छानबिन गर्नुपर्ने उल्लेख गरेका छन् ।

खतिवडाले सुन प्रकरणको सत्य तथ्य छानबिन गरि छिटो भन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

  • ५ श्रावण २०८०, शुक्रबार १६:१३ प्रकाशित