पोखरा २५ हेम्जामा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

केन्द्रभाग मिडिया

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आज पोखरा २५ हेम्जामा ट्राफिक सचेतना तथा अन्तरक्रिया सम्पन्न गरेको छ । हेम्जाको मिलनचोक स्थित पोखरा-बाग्लुङ सडक खण्डमा तिव्र गतिका कारण दिनानुदिन बढ्दै गरेको सवारी दुर्घटना न्युनिकरणको सचेतना कार्यक्रम सम्पन्न गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

जनचेतनामूलक प्ले कार्ड र पम्पलेट सहित सञ्चालन गरिएको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधी, ट्राफिक प्रहरी, सवारी चालक तथा वडा वासीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी पोष्ट बगरका ईन्चार्ज कृष्ण बहादुर लामिछाने आम नागरिकले आ-आफनो ठाउँबाट आपनो दायित्व पूरा गरे मात्र सडक दुर्घटना न्यूनीकरण र सुरक्षित समाज निर्माण गर्न सकिने बताए । ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न असम्भव भएको भन्दै सबैको साथ र सहयोगको लागि उनले अपिल समेत गरेका छन् ।

  • ४ श्रावण २०८०, बिहीबार १७:०० प्रकाशित