‘विरुवा सार्नु सँगै संरक्षण आवश्यक’

केन्द्रभाग मिडिया

पोखरा ।

लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा पोखरा महानगरपालीका वडा नं. १७ महतगौडा परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

क्ललको आयोजनामा आयोजित वृक्षारोपण कार्यक्र भन्दा अगाडी वृक्षारोपण सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो । क्ललको अध्यक्ष लायन लक्ष्मी बराल आचार्यको अध्यक्षता एवं लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ४२५ एमका ट्रि प्लान्टेसन विभाग प्रमुख लायन लक्ष्मण तिमिल्सिनाको प्रमुख आतिथ्यता एवं पोखरा महानगरपालीका वडा नं.–१७, का वडा अध्यक्ष राधिका शाही योगीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अमृता अधिकारीले गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै तिमिल्सिनाले लायन्सले यस वर्ष विरुवा सार्नु सँगै विरुवा संरक्षणको अभियानमा रहेको बताउदै यस वर्ष २७ वटा पार्क एवं मन्दिर परिसरमा वृक्षारोपण संरक्षण र गोडमेल कार्यक्रम आयोजनाको योजना अनुरुप क्लवहरुले काम अगाडी बढाएको बताएका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष राधिका शाही योगीले सेवाका काममा लायन्स क्लव लागेको औल्याउदै समुदाय र क्लवको साझेदारीमा हुने कार्यक्रमले समाजमा सकारात्मक सन्देश छाडेको बताएका थिए ।

कार्यक्रममा सदा शिवेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी ,जानकी माविका अध्यक्ष नगेन्द्र गुरुङ ,डिपार्टमेन्ट को चिफ सिता पहारी ,रिजन चियर पर्सन भोजराज बराल,जोन चियर पर्सन गिता पराजुली ,सल्लाहकार रजनी कोईराला, साबित्रा पौडेल ,ढुगेसाघु आमा समुहका अध्यक्ष एवं कार्यक्रम संयोजक सिता काफले लगायतको उपस्थिती रहेको थियो ।

क्लवले बिभिन्न प्रजातिका ९५ वटा बिरुवा रोप्नुका साथै सितापाईला आमा समुहको भवन ,तथा सामुहिक भवन परीसरमा बिरुवा रोप्नुका साथै सरसफाई र गोडमेल गरेको थियो ।

 

  • ४ श्रावण २०८०, बिहीबार १८:१२ प्रकाशित