सुन प्रकरण : ६ जना पक्राउ, आज यकिन गरिदैं सुनको परिमाण

केन्द्रभाग मिडिया

काठमाडौँ ।

हिजो(बुधबार साँझ) त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनको परिमाण आज यकिन गरिने भएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिएका छन् । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने पनि उनले जानकारी दिए ।

सुन हङ्कङबाट आएको खुले पनि तस्करमा संलग्न प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने ढुङ्गानाले बताएका छन् ।
दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बताएको छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको हो ।

  • ४ श्रावण २०८०, बिहीबार ०८:४९ प्रकाशित