काठमाडौं ।
काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राखेर त्रास फैलाउने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले शंकास्पद वस्तु राख्ने रौतहटका २८ वर्षीय खजाञ्ची पासवानलाई पक्राउ गरेको जानकारी दिएका छन् ।
पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।उनले पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागेको बताइएको छ। त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु राखि बम राखेको भन्दै त्रास फैलाएका थिए ।
यसअघि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको छ । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको छ ।














