काठमाडौं ।
एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा यूएई ‘ए’ माथि नेपालले सान्तवना जित निकालेको छ । यूएईलाई नेपालले ३ विकेटले पराजित गरेको हो ।
बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं ओभरमा भेट्टाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा सर्वाधिक ७१ रन बनाउँदै प्लेयर अफ द म्याच भए भने देव खनाल र सन्दीप जोराले २४/२४ रन बनाए । यसैगरी नवौं ब्याटरको रुपमा आएका प्रतीश जीसीले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।
यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।