प्रधानमन्त्री प्रचण्डद्धारा बूढीगण्डकी आयोजनाको उद्घाटन

केन्द्रभाग मिडिया

गोरखा ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् ।

१२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको आज प्रचण्डले गोरखाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् । यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ ।सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ ।

यस्तै बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुले पनि आयोजनाका लागि चाहिने लगानी रकम भने टुङ्गो लागेको छैन ।

आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भैसकेको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको जनाएको छ ।

  • ३ श्रावण २०८०, बुधबार १४:३९ प्रकाशित