अध्यागमनले रोकेका श्रमिक क्रमिक कुवेत उड्न थाले

केन्द्रभाग मिडिया

 

काठमाडौँ ।

नेपाली श्रमिकहरू क्रमिक रूपमा कुवेत उड्न थालेका छन् । अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएका ११७ जना श्रमिकहरू क्रमिक रूपमा गन्तव्य मुलुकतर्फ उड्न थालेका हुन् ।

त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक सहजीकरण गरिदिन भन्दै अध्यागमन विभागलाई पत्राचार गरेको थियो । सोही आधारमा अध्यागमन विभागले अध्यागमन कार्यालयलाई सहजीकरण गर्न र प्रस्थान अनुमति दिन भनेको थियो ।

गत असार २७ र २८ गते कागजात शङ्कास्पद देखिएको, ढिला गरी विमानस्थल पुगेको जस्ता कारण देखाउँदै अध्यागमनले रोकेको थियो । विनाकारण अध्यागमनले श्रमिकहरूलाई रोकेको भन्दै म्यानपावर व्यवसायीहरू आक्रोशित बनेका थिए । उनीहरूले अध्यागमनका महानिर्देशकको राजीनामा माग्नुका साथै कार्यालयमा प्रदर्शन समेत गरेका थिए ।

 

  • ३ श्रावण २०८०, बुधबार १४:१९ प्रकाशित