काठमाडौं । हिजोदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने भएका छन् ।
धारणा राख्नलाई प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।मङ्गलवार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए।
त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्य योजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।