नेपाल रेडक्रसको उप-कोषाध्यक्षमा डोलराज पाण्डे निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय उप कोषाध्यक्षमा डोलराज पाण्डे निर्वाचित भएका छन् ।

हिजो देखि जारी विशेष अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । सम्पन्न अधिवेशनले अध्यक्षमा सुर्दशन नेपाललाई चयन गरेको छ ।

जसको  उपाध्यक्षमा सुरेन्द्र ऐर, महिला उपाध्यक्षमा राधा नेपाली, खुल्ला , महामन्त्रीमा भुमपतलाल श्रेष्ठ, कोषाध्यक्षमा बिरबहादुर बस्नेत र उपमहामन्त्रीमा मनोज कुमार थापा  चयन भएका छन् । शिक्षासेवी समेत रहेका उपकोषाध्यक्षमा निर्वाचित पाण्डे रेडक्रस सोसाइटी कास्की शाखाका निवर्तमान अध्यक्ष हुन् ।

 

  • २ श्रावण २०८०, मंगलवार १९:१७ प्रकाशित