ललिता निवास प्रकरण : आज पनि सुनुवाई भएन, भोलिका लागि हेर्दाहेर्दैमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाई हुन नसकेपछि हेर्दाहेर्दैमा राखिएको छ ।

ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

हिजो सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बुधबारका लागि पेशी तोकिएको हो ।

सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

  • २ श्रावण २०८०, मंगलवार १६:४८ प्रकाशित