पोखरा।
आर्थिक अभावको कारण पोखरा १४ चाउँथेमा डेरा गरि बस्दै आएका मनिष विश्वकर्माको उपचारमा समस्या भएको छ । गत वर्ष फागुन १५ गते राती काम गरेर पैदल कोठामा फर्किदै गरेका २२ वर्षीय मनिषलाई ग ६ प ४९४७ नम्बरको बाइकले ठक्कर दिदाँ घाईते भएका थिए ।
घाईते मनिषको टाउकोको भित्रि भागमा गम्भिर चोट देखिएकोमा हाल आर्थिक अभावको कारण उपचारलाई निरन्तरता दिन नसकेको उनकी आमा उषा विश्वकर्माले बताईन् ।
चिकित्सकको अनुसार मनिषको टाउकोमा रगत जमेको थियो ।एक महिना मणिपाल शिक्षण अस्पतालको आइसियुमा राखी टाउँकोमा जमेको रगत निकालिएकोमा फेरि टाउँकोमा पानी जमेको भन्दै मनिषको टाउँको अपरेसन भएको उनकी आमा उषाले बताईन् ।
हालसम्म टाउँको २ वटा अपरेसन भएको र सो क्रममा मुश्किलले उपचार खर्च जुटाएकोमा अहिले फेरि घाँटीमा समस्या देखिएको उनले बताईन् । टाउँकोमा बारम्बार पानी जम्दा मनिषको टाउँको देखि पेटसम्म पाइप राखिएको उनले सुनाईन् ।

मनिषको घाँटीको थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लैजान पोखराका चिकित्सकले सुझाव दिएकोमा आर्थिक अभावका कारण मनिष घरकै ओछ्यानमा थला परेका छन् ।
हाल मनिषलाई अस्पतालबाट डिस्चार्ज गरि घरमै राखिएकोमा सास फेर्न गाह्रो भइरहेको र उपचार गर्न नसक्दा स्वास्थ्य अवस्था दिनदिनै विग्रिएको भन्दै उनले आर्थिक सहयोगको लागि अपिल गरेकी छिन् ।
यसअघिको आधा उपचार खर्च ठक्कर दिने बाइक धनिले बहोरेकोमा हाल ठक्कर दिने चालक प्रहरी हिरासतमा रहेकाले पुरा क्षतिपुर्ति पाउन नसक्दा पनि उपचारमा समस्या भएको मनिषका भाई अनिष विश्वकर्माले बताए ।
पारिवारको आर्थिक अवस्था कमजोर रहेका मनिषले दुर्घटनामा पर्नु अघि वाल आर्टको काम गर्ने गरेको आमा उषाले बताईन् ।
सहयोगका लागि एसबीआई बैंकको खाता नम्बर २४११५२४१४००९४२(Anish Bishwokarma) मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । मनिषको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले मोवाईल नम्बर ९८०८३५१०३१ र ९८०६५४८३२९ मा सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन् ।














