सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)

करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो ।

विभागकाअनुसार घटेको सवारी भाडाअनुसार यात्रुबहाक सवारी साधनको साविकको भाडामा २।१३ प्रतिशतले घटाइएको छ भने मालबहाक सवारीमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ ।

करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।

पोखरा कृष्णनगर ८०३,पोखरा गौर ८६४,पोखरा जनकप’र ९९४,पोखरा धरान १४१३, पोखरा नारायणगढ ३७६ ,पोखरा भैरहवा ७४६, पोखरा महेन्द्रनगर १९५१, पोखरा सुर्खेत १६११, पोखरा धनगढी १८०४,पोखरा सुनौलीसम्मका लागि ६३५, पोखरा मलंगवासम्मकको ८७९,पोखरा तुलसीपुर १०१५,पोखरा बुटवल ५६३, पोखरा कोठीयाघाटसम्मको भाडा १४३२ रुपैयाँ तय गरिएको छ ।
पोखरा काठमाडौंको भाडा ६०३ रुपैयाँ कायम भएको छ ।

घटेको भाडादरको सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • १ श्रावण २०८०, सोमबार १५:४३ प्रकाशित