आज यी प्रदेशमा भारी वर्षा हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अहिले देशभर मनसुन सक्रिय बनेको छ । गण्डकीसहित आसपासका प्रदेशमा केही दिनदेखि पानी परिरहेको छ ।

आज पनि गण्डकी,कोशी, बागमती, र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

  • १ श्रावण २०८०, सोमबार ०९:२७ प्रकाशित