पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।
आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४७ रुपैयाँ १९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ । अस्ति शुक्रबार युरो एकको खरिददर १४६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा थियो । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७४ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४६ पैसा छ ।
साउदी रियालको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ ।