काठमाडौं ।
भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको ज्यान गएको छ ।
उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो ।
करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये ५ जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्य ५ जना घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।