पोखरा ।
आज देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।आज राति भने बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।














