लम्पी स्किन रोकथामका विषयमा सदनलाई जानकारी दिन सभामुखको रुलिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

सांसदहरुले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारले त्यसबारे गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका हुन् ।

लम्पी स्किनले देशभरि किसानलाई ठूलो क्षति पुगेको भन्दै सांसदहरुले गाउँ(गाउँमा प्राविधिक पठाउन र खोपको प्रबन्ध गर्न माग गरेका थिए ।

  • २९ असार २०८०, शुक्रबार १६:५६ प्रकाशित