अध्यागमनले फर्काएका ११७ मध्ये ९ जना कुवेत उडे

केन्द्रभाग मिडिया

काठमाडौं ।

अध्यागमनले बुधबार बेलुका कागजात शंकास्पद भनेर त्रिभुवन विमानस्थालबाट फर्काएका ११७ जनामध्ये ९ जना कुवेत उडेका छन् । उनीहरु पुरानै कागजातको आधारमा कुवेत उडेका हुन् ।

वैदेशिक रोजगारीका लागि कुवेत उड्न लागेका ११७ जनालाई कागजातमा शंका लागेको भन्दै अध्यागमन विभागले फर्काएको थियो । तीमध्ये ८ जना महिला र १ जना पुरुष आज बिहान गएका हुन् ।

गन्तव्य मुलुकको सम्बन्धित कम्पनीले नै ती कामदारका लागि प्लेन टिकट काटिदिएको थियो । करिब ६० हजार पर्ने टिकटसमेत नोक्सान भएको साथै अब कम्पनीले कामदार लैजान टिकट नदिने हुँदा श्रमिकलाई समस्या पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । उनका अनुसार आज बिहान गत बुधबार अध्यागमनले रोकेका ९ जना कुवेत गएका हुन् ।

  • २९ असार २०८०, शुक्रबार १४:३८ प्रकाशित