पोखरामा मनाइयो २१०औँ भानु जयन्ती

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्ती मनाइएको छ । जन्मजयन्तीको अवसरमा विभिन्न साहित्यीक प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहभागीतामा प्रभातफेरी आयोजना गरिएको थियो । विपी चोकबाट सुरु भएको प्रभावतफेरी पोखरा– ११ भानुपार्कमा पुगेर सभामा परिणत भएको थियो । सो कार्यक्रममा भानुका कविता र त्यसले समाजमा छाडेका छाप र नेपाली भाषमा भानुले पुर्याएको योगदानको वारेमा चर्चा गरिएको थियो ।


कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नेपाली भाषीको एकताको प्रतिकको रुपमा भानुभक्त रहेको बताए । नेपाली भाषाको माध्यमबाट नेपालीलाई एकताको सुत्रमा बाध्न भानुभक्तको प्रमुख भुमिका रहेको आचार्यले स्मरण गरे ।


प्रमुख आचार्यले भानुको ठुलो आकारको शालिक बनाउन र त्यसलाई आकर्षक स्थलको रुपमा विकास गर्न अग्रसरता लिन भानु वाङ्मय प्रतिष्ठानलाई आग्रह गरे । पुम्दिकोटको महादेव मुर्ती जस्तै भानुको शालिकलाई पनि आकर्षक स्थाल बनाउनका लागि महानगरले सहयोग गर्ने पनि आचार्यले प्रतिवद्धता जनाए ।


पोखरा–११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्यले भानुभक्तबाट सबै नेपालीले सन्देश लिन सक्नुपर्ने बताए । साहित्यमा भानुले पुर्याएको योगदान जस्तै हरेक नेपालीले देशका लागि योगदान दिनसक्नुपर्ने उनको भनाई थियो ।

भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले साहित्यीक पार्कको निर्माणमा जोड दिए । पृथ्वी नारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रध्यापक डा. कुसुमाकर न्यौपानेले नेपाली भाषाको सुद्धतालाई बचाइ राख्नु अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा लोक गायीका हरिदेवी कोइराला लगायतले कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका कोषाध्यक्षा पदमराज ढकालले कार्याक्रम र प्रतिष्ठानका वारे भनाई राखेका थिए ।


कार्यक्रममा मिलनकुमारी नेपालीलाई भानु वाङ्मय पुरस्कार–२०८० बाट नगद १० हजारसहित सम्मानीत गरिएको थियो । पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर परीक्षामा सर्वोत्कृष्ट अंक प्रप्त गरेकी थिइन् । पोखराका पर्यटन व्यवसायही गणेश बहादुर भट्टराईद्धारा स्थापीत एक लाखको अक्षयकोषबाट वार्षीक भानु जन्मजयन्तीको अवसरमा सो पुरस्कार वितरण गर्ने गरिएको छ ।

  • २९ असार २०८०, शुक्रबार १५:४२ प्रकाशित