रौतहटमा घरभित्रै एक युवकको विभत्स हत्या

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कच कर्मैयामा एक पुरुषको विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

स्थानीय ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार साहको घरमै हत्या भएको हो । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले बताएको छ ।

  • २९ असार २०८०, शुक्रबार ११:०४ प्रकाशित