सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

केन्द्रभाग मिडिया

काठमाडौै ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेस गर्न सरकारको नाममा सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार बाटाको म्यादबाहेक २४ घण्टाभित्र राउतसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा असार २४ गते आइतबार त्रिभुवन विमानस्थलबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

  • २८ असार २०८०, बिहीबार १६:५० प्रकाशित