काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक बिपत्तिहरु भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भुमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए ।
उनले नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरोका अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समाधानमा उपाय खोजि गरी कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे ।













