पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर १३ मा कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी तरकारी पकेट क्षेत्र विस्तार गर्न सो रकम वितरण गरिएको हो । वडामा किसानलाई प्लाष्टिक घर निर्मााणका लागि नगद, प्लाष्टिक र हाते ट्रयाक्टर वितरण गरिएको हो ।
प्लाष्टिक घर बनाउने किसानलाई क्षेत्रफलको आधारमा अनुदान रकम वितरण गरिएको कृषि संजालका अध्यक्ष नरेन्द्र अधिकारीले जानकारी दिए । वडानम्बर १३ मा १२ लाख रुपैया अनुदान रकम वितरण गरिएको हो ।
अनुदान रकम वितराण गदै वडाध्यक्ष किरण बरालले किसालाई प्रोत्साहन गर्नका लागि अनुदान वितरण गरिएको बताए । उनले वडामा उत्पादन भएको कृषि उत्पादनको विक्रीका लागि बजारको व्यवस्थापन गर्न लागिएको बताए ।
महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरीयाले कृषि पकेट क्षेत्रमा महानगरले अनुदान वितरण गरेको बताए । महानगरका विभिन्न वडामा फरक-फरक कृषि उत्पादन भइरहेको र त्यसैलाई प्रोत्साहन गर्ने नीति अनुसार अनुदान रकम वितरण गरिएको कडरीयाले बताए ।
वडा कार्यालयको आयोजनामा वडा कृषि संजालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
टनेलमा तरकारी खेती गरेर नगद अनुदान प्राप्त गरेका रामबहादुर पुनले विदेशको जागिर त्यागेर नेपालमा केही गर्न सकिन्छ भन्ने कृषकलाई हौसला दिएको बताए । मेहेनत गर्न सकेमा कृषिमा सरकारी सहयोग र आयआर्जन गर्न सकिने उनले अनुभव सुनाए ।