पोखरा ।
मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार २०७९ बाट रेडियो नेपालका अग्रज पत्रकार खेम सारु मगर पुरुस्कृत हुने भएका छन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीद्धारा सञ्चालित गरिएको हो ।
पत्रकार एमवी आस्था मगरको संयोजकत्वमा गठन गरिएको पुरस्कारबाट पत्रकार मगरलाई पुरस्कृत गर्ने निर्णयलाई नेपाल मगर पत्रकार संघ कास्कीको बुधबार पोखरामा बसेको वैठकले अनुमोदन गरिएको छ । आगामी साउन १ गतेका दिन नेपाल मगर संघ चाउथे कदम मार्ग ईकाइ समितिमा हुन लागेको एक कार्यक्रम विच मगरलाई पुरस्कृत गरिने छ ।
श्रव्यदृश्य माध्यमबाट मौलिक कौराहा संरक्षणमा योगदान पुु¥याउदै आएका पत्रकारहरुलाई पुरस्कार गर्दै आएको राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका केन्द्रीय अध्यक्ष हर्क आलेमगरले बताए । उनका अनुसार मौलिक कौरा पत्रकारिता पुरस्कार स्थापना २०७५ मा गरिएको हो । पुरस्कारबाट पुरस्कृत हुनेहरुमा पत्रकारहरु कमला राना मगर, तिलक पूर्जा पुन मगर, प्रताप राना मगर, एमवी आस्था मगर र मनोज घर्ती मगर रहेका छन् ।














