बलात्कार आरोपमा दुईजना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
बर्दिया र उदयपुरमा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका(६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई हरीले पक्राउ गरेको छ । बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका(६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • २८ असार २०८०, बिहीबार १४:५३ प्रकाशित