सम्बन्धन नवीकरण नगर्ने क्याम्पसलाई कारवाही

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

निर्देशनालयले बुधबार नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित गरी नवीकरण गर्न अनुरोध गरेपनि नवीकरण नगरेकोले कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।

निर्देशनालयले पुनश्चः यदि कुनै क्याम्प्स नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिका निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ ।

नवीकरण नगर्ने कलेजको नामावली

  • २७ असार २०८०, बुधबार १५:४३ प्रकाशित