प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।

आज विहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले निधनको कारण कार्डियक अरेष्ट भनेको छ ।सीताको स्वास्थ्य अवस्था गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था रहेकी थिइन् ।

  • २७ असार २०८०, बुधबार ०९:२० प्रकाशित