पोखरा ।
गण्डकी प्रदेश सरकारले भानु जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव शुरणप्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् ।
प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने बताइएको छ ।नेपाली साहित्यका धरोहर तनहुँको चुँदी रम्घामा वि।सं। १८७१ आसार २९ गते जन्मिएका आदिकवि भानुभक्त आचार्यको जन्माअसार २९ गते देशभर भानु जयन्ती मनाउने गरिन्छ ।














