प्रधानमन्त्री दाहालकी पत्नी सीताको स्वास्थ्य अवस्था गम्भीर

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको बताइएको छ ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार आउन नसकेको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल र माओवादी मन्त्रीहरु अहिले नर्भिक अस्पतालमा भेला भएका छन् । सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था रहेकी छन् ।

पार्किन्सन जस्तो देखिने उनको विमारीलाई चिकित्सा विज्ञानमा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिएको छ ।

  • २७ असार २०८०, बुधबार ०९:०७ प्रकाशित