दुर्गा प्रसाईंलाई ३० करोड माग्दै ज्यान मार्ने धम्की दिने पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३० करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

  • २६ असार २०८०, मंगलवार १६:५१ प्रकाशित