पोखरा महानगर–५ का कृषकलाई प्रोत्साहन रकम वितरण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर ५ मा कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको छ । तरकारी पकेट क्षेत्रको रुपमा घोषणा गरिए अनुसार वडानम्बर ५ का तरकारी खेती गर्ने किसानलाई उक्त रकम वितरण गरिएको हो ।

कार्यक्रममा वडानम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद बराल, महानगर आर्थिक विकास महाशाखा मनहर कडरीया, जनप्रतिनिधि लगायतले कृषकलाई प्रोत्साहन रकम वितरण गरे ।

प्रति रोपनी १५ सयका दरले १ सय ५ कृषकलाई उक्त रकम वितरण गरिएको कृषि संजाल वडानम्बर ५ का कोषाध्यक्ष बसन्त प्रसाद श्रेष्ठले जानकारी दिए । १ सय ५ जना किसानलाई ५ लाख ५७ हजार रुपैया वितरण गरिएको हो ।

संजालकी अध्यक्ष मैयाकुमारी भुर्तेल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष बरालले कृषी उत्पादनलाई बढवा दिन किसानलाई प्रोत्साहनको खाचोँ रहेको बताए । उनले कृषकको समस्या बुझ्न र कृषि कार्यक्रमको लागि एक जना जनप्रतिनिधिलाई जिम्मेवारी तोकेर वडाले काम गरिहेको बताए ।

महानगरले कृषि उत्पादन हुने क्षेत्रको पहिचान गरी वडालाँई कृषि पकेट क्षेत्रको रुपमा वर्गीकरण गरेको छ । कृषि उत्पादन हुने वडाका किसानका लागि प्रोत्साहन रकम वितरण गरिएको आर्थिक विकास महाशाखा कडरीयाले बताए ।

कार्यक्रममा कृषि संजालका सचिव टिकाराम ढुङगानाको संचालन, सहसचिव सोभाखर अधिकारि, कृषि संजालका निर्वामान संयोजक नवराज दवाडि लगायतले बोलेका थिए ।

  • २६ असार २०८०, मंगलवार १६:३३ प्रकाशित